१४ बैशाख २०८१, शुक्रबार

जनताको अदालतमा जाने निर्णय लोकतान्त्रिक विधि : मन्त्री अर्याल

padma aryal

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले जनताको अदालतमा जाने निर्णय लोकतान्त्रिक विधि भएको बताउनुभएको छ ।

मन्त्री अर्यालले भन्नुभयो, “पाँच वर्षका लागि जनमत प्राप्त सरकारलाई आफ्नै पार्टीका नेताहरुले चारैतिरबाट घेराबन्दी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामाझ जाने निर्णय लिनुभो ।”

गृहजिल्ला स्याङ्जामा राष्ट्रिय युवा सङ्घले आयोजना गरेको बृहत् युवा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो । उहाँले जनतामाझ जाने उक्त निर्णय लोकतान्त्रिक निर्णय भएको समेत बताउनुभयो ।

“पार्टी एकता भएपछि विचारको बहस, छलफल शून्य भयो । पद, सेवासुविधाको छलफल चल्न थाल्यो । विचारबाट निर्देशित भएको पार्टी पद, पावरमा गएर अल्झिएपछि अहिलेको यो अवस्थामा आउनपुग्यो”, उहाँले भन्नुभयो ।