१४ बैशाख २०८१, शुक्रबार

मदन भण्डारी कलेजको पिकनिक जादै गरेको बस दुर्घटना, २२ जना घाइते, २ जनाको टाउकोमा गम्भिर चोट

accident

काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा वनभोज स्थलका लागि जाँदै गरेको बस दुर्घटना भएको छ। रिद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस बीच सडकमा पल्टिएर दुर्घटना भएको छ।

भक्तपुरका प्रहरी उपरीक्षकले जानकारी दिए अनुसार प्रारम्भिक अनुसन्धानमा, ब्रेक नलाग्दा बस अनियन्त्रित भएर एक तर्फको चक्का ढिस्कोमा चढ्न पुगेको र त्यसकारण बीच सडकमै पल्टिन गएको देखिएको छ ।

बसमा सवार ४६ जना विद्यार्थीमध्ये २२ जना घाइते भएका कलेजका प्रधानाध्यापक डम्बर हमालले जानकारी दिनुभयो । यीमध्ये दुई जनाको टाउकोमा गम्भिर चोट लागेकाको थप उपचारका लागि काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पताल पठाइएको छ । अरु घाइतेको इवामोरा अस्पताल, सल्लाघारी र भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

madan bhandari college accident

उक्त बसमा स्नातक तेस्रो वर्ष अध्ययनरत विद्यार्थी धेरै रहेको हमालले बताउनुभयो ।