
नेपाली फिल्म उद्योगमा विगत २०५६ सालदेखि प्रोडक्शन म्यानेजरको काम गर्दै आएका नवीन पुरीको निर्देशनमा बनेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।
पर्यटकीय नगरी मुस्ताङमा छायाङ्कन गरिएको ‘पहिलो भेटमै’ गीतको भिडियो सार्वजनिक भएको हो ।
योगेन डोलीको शब्दमा ‘पहिलो भेटमै’लाई मिलन सुर्खेतीले स्वरबद्ध गरेका छन् । गीतलाई गायक सुर्खेती आफैले संगीतबद्ध गरेका हुन् । त्यस्तै गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् भने संजय लामाले छायांकन गरेका छन् ।
सार्वजनिक गीतको भिडियोमा जितेश प्रधान र टिकटक स्टार एलिशा पुन मगरले अभिनय गरेका छन् । यस भिडियोलाई रेनिश फागोले कलर ग्रेडिङ्ग गरेका छन् । शिशिर खातीको कोरियोग्राफी रहेको भिडियोलाई बनिष शाहले सम्पादन गरेका हुन् । भिडियोलाई राजेश मास्केले निर्माण गरेका हुन् ।