१५ चैत्र २०८०, बिहीबार

प्रधानमन्त्रीमाथि लगाएको आरोप नै पार्टी विभाजन कारक

padma aryal

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौतर्फी घेराबन्दीमा पारेर अपदस्त गर्ने खेल पार्टीका जिम्मेवार नेताबाट भएकाले नेकपामा अहिलेको अवस्था आएको बताउनुभएको छ ।

स्याङ्जाको वालिङमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारलाई घेराबन्दीमा पारेर प्रधानमन्त्री ओलीमाथि विविध आरोप लगाएको उल्लेख गर्नुभयो । उहाँले सहमतिको आधारलाई भत्काएर विधि विधानको नाममा बहुमतको खेल खेलेर पार्टीलाई विघटनको अवस्थापा पु¥याउने अवस्था आएपछि प्रधानमन्त्री बाध्य भएर प्रतिनिधिसभाको विघटन गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभयो ।

सरकारले नेपालको नक्सामा लामो समयदेखि गुमेको कालापानी लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नक्सा जारी गरेदेखि नै छिमेकीसँग सम्बन्ध बिगारेको भन्दै आफ्नै पार्टीका जिम्मेवार नेताबाट भएको टिकाटिप्पणीबाट सबै कुरा प्रष्ट भएको मन्त्री अर्यालको भनाइ थियो ।

मन्त्री अर्यालले जिल्लाको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै उत्पादनका काममा लाग्नसमेत आम कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले समाज सेवासँगसँगै व्यवसायका क्षेत्रमा लागेर आत्मनिर्भर बन्ने बाटोमा लाग्नुपर्नेमा जोड दिनुभयो ।