१४ बैशाख २०८१, शुक्रबार

म्यान्चेस्टर युनाइटेड माथी सिटिको जीत, फाइनलमा टोटनह्याम सँग भिड्ने (भीडियो सहित)

united vs city efl 2020 semifinal scaled

म्यान्चेस्टर युनाइटेडको गृह मैदानमा भएको कराबाओ कपको दोस्रो सेमिफाईनल सिटिले जितेको छ । म्यान्चेस्टर युनाइटेडलाई उसकै गृह मैदानमा हराउँदै सिटिले २-० को जीत हात पारेको हो ।

पहिलो हाफ सम्म बराबरीमा रहेको खेल दोस्रो हाफमा निकै रोमान्चक बनेको थियो । ५०औ मिनेटमा जोन स्ट्न्सले पहिलो गोल मार्फत सिटिलाई अग्रता दिलाए । यसअघी १३औं मिनेटमा केभिन डि ब्रुयनको प्रहार पोस्टमा लागेर फर्कदा सिटी अग्रा लिनबाट चुकेको थियो ।

त्यसैगरी खेलको ८३औं मिनेटमा फर्नाडिन्होले गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए । तेस्रो मिनेटमा सिटी खेलाडिले आफ्नै पोस्टमा गोल गरेपनि रासफोर्ड अफसाइड हुँदा युनाइटेडले गोल दर्ता गर्ने अवसर गुमाएको थियो । उक्त गोल भिएआरले (VAR) रद्द गरेको थियो ।