१२ बैशाख २०८१, बुधबार

फेरि विवाद नेपाली राष्ट्रिय फुटबल टिममा, १० खेलाडीले छाडे ‘क्याम्प’

nepali footbal 63

नेपाली राष्ट्रिय फुटबल टिममा फेरि विवादको बिजारोपण भएको छ ।
राष्ट्रिय टिमका १० सिनियर खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग मनमुटावका कारण बन्द प्रशिक्षण छाडेपछि लामो समयदेखि फुटबल क्षेत्रमा बन्द भएको विवाद फेरि बल्झिएको हो ।

मंगलबार राति नै रोहित चन्दसहित १० खेलाडीले टिमलाई राखिएको वर्ल्ड ट्रेड सेन्टरको होटल छाडेका छन् । होटल छाडेर जाने प्रमुख खेलाडीमा रोहितसँगै विशाल श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, सुमन लामा, तेज तामाङ, विशाल राई र विमल घर्तीमगर रहेका छन् । तिनको स्थानमा प्रशिक्षक अल्मुताइरीले बुधबारको प्रशिक्षणमा नयाँ खेलाडी बोलाइसकेका छन् ।

नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले १० खेलाडीले बन्द प्रशिक्षण छाडेको पुष्टि गर्दै के कस्तो कारणले उनीहरूले त्यस्तो गरेका हुन् भनेर प्रस्ट नभएको बताए ।