१४ बैशाख २०८१, शुक्रबार

सुन्दर बजार अस्पतालमा छैन आइसियु

icu

सुन्दरबजार नगरपालिकामा रहेको सुन्दरबजार अस्पतालमा सघन उपचार कक्ष नहुँदा बिरामी समस्यामा पर्ने गरेका छन् ।

सरकारी अस्पताल भएर पनि सो अस्पतालमा हालसम्म सघन उपचार कक्ष हुन नसक्दा आइसियुमा बस्नुपर्ने बिरामी मर्कामा पर्दै आएका छन् । उक्त सुविधा अस्पतालमा नहुँदा आइसियुमा राख्नपर्ने बिरामीलाई अस्पतालबाट काठमाडाँै, चितवन, पोखरालगायतका विभिन्न स्थानमा पठाउँदै आएको अस्पतालले जनाएको छ ।

अस्पतालमा रहेका विभिन्न आवश्यक मेशिनसमेत पुराना काम नलाग्ने हुँदै जाँदा बिरामीको उपचारमा समस्या हुन थालेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर भट्टराईले बताउनुभयो । सघन उपचार कक्ष नभएकै कारण जिल्ला बाहिरका अस्पतालमा बिरामी जानुपर्दा समय, आर्थिक सबै हिसाबले बिरामी मर्कामा परिरहेका उहाँको भनाइ छ ।

पन्ध्र श्ययाको उक्त अस्पताल विगतमा सङ्घीय सरकारको मातहतमा रहे पनि संघीयतापछि केही नगरपालिकाले सञ्चालन गर्दै आएको छ । वितगमा सञ्चालन भएको पुरानो स्वास्थ्यचौकी भवनमा अस्पताल रहेकाले अस्पतालका लागि भौतिक पूर्वाधार नभएका कारण सघन उपचार कक्षा राख्न असम्भव भइरहेको नगर प्रमुख जनकराज मिश्रले बताउनुभयो ।

पशुचौपायालाई परिजीवीविरुद्ध औषधि दोर्दी गाउँपालिकाका दुई हजार पशुचौपायालाई आन्तरिक परिजीवीविरुद्धको औषधि खुवाइएको छ । गाउँपालिकाको पुश स्वास्थ्य शाखाले गत शुक्रबारदेखि आजसम्म सञ्चालित साना घुम्ती गोठ शिविरका क्रममा एक हजार भेँडाबाख्रा र एक हजार गाईभैँसी गरी दुई हजार पशुचौपायालाई उक्त औषधि खुवाइएको हो ।

गाउँपालिकाको पशु शाखा प्रमुख शङ्कर पन्तका अनुसार वडा नं ६ सिमे, वडा नं ७ का लप्सीबोट, वडा नं ८ का टाप र बन्सारमा गरी दुई हजार पशुचौपायलाई उक्त शिविर सञ्चालन गरेर औषधि खुवाइएको छ ।

शिविर आगामी फागुन चैत महिनासम्मै सञ्चालन गरिने र पालिकाका सबै वडाका पशुचौपायालाई औषधि खुवाइने छ । पशुचौपायालाई उक्त परजीवीविरुद्धको औषधि खुवाउँदा जुका, नाम्लोजस्ता रोग लाग्नबाट बच्न सकिने पशु स्वास्थ्यमकर्मीको भनाइ छ ।