१४ बैशाख २०८१, शुक्रबार

र्घटनामा परी एक जनाको मृत्यु

accident

सडक दुर्घटनामा परी बुटवलमा एक जनाको मृत्यु भएको छ । आज बिहान मिलनचोकस्थित पश्चिमाञ्चल फाइनान्स अगाडि मिक्सचरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक गुल्मीको रेसुङ्गा नगरपालिका–४ का २० वर्षीय सरोज भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाका अनुसार पश्चिमाञ्चल फाइनान्स अगाडि चौराहाबाट मिलनचोकतर्फ जाँदै गरेको लु. ३५ प १०९१ नम्बरको मोटरसाइकललाई ओभरट्याक गर्ने क्रममा लु १ क ३३७० नम्बरको मिक्सचरले ठक्कर दिएको थियो ।

मोटरसाइकल, मिक्सचर र त्यसका चालकलाई लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।