१२ बैशाख २०८१, बुधबार

विमानस्थलबाट गोलीसहित पक्राउ

Goli

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ५० राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।

विमानस्थलको आन्तरिक उडानतर्फको क्षेत्रबाट लुगर ९ एमएम लेखिएको ५० राउण्ड गोलीसहित झापा मेचीनगर नगरपालिका–२ का २० वर्षीय बद्रि हाङ् राईलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनी श्री एयरलाइन्सको उडानबाट झापाको भद्रपुर जान लागेका बेला विमानस्थलस्थित आन्तरिक उडानतर्फको एक्सरे यन्त्रबाट जाँच गर्ने क्रममा गोली भेटिएको थियो । झोलाभित्र पत्रिकामा पोको पारेको अवस्थामा गोली बरामद गरिएको थियो ।

उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रमेश विष्टले जानकारी दिनुभयो ।दुर्घटनामा मृत्युकाठमाडौँ महानगरपालिका १५ हलचोकस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री विदुर भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडीको ठक्करबाट बिहान गम्भीर घाइते भएका उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । ठक्कर दिने सवारी साधन फरार भएकाले खोजी जारी रहेको छ ।