१४ बैशाख २०८१, शुक्रबार

थप ४०३ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

corona insurance

देशभर पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ४०१ को स्वास्थ्य परीक्षण गर्दा १५९ महिला र २४४ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६२ हजार २६२ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ५९४ निको भएका छन् ।

यो सँगै निको हुनेको सङ्ख्या दुई लाख ५५ हजार ८८ (९७.३ प्रतिशत) रहेको मन्त्रालयले जनाएको छ । अहिले देशभर पाँच हजार २८९ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ३४२ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेशनमा छन् ।

हालसम्म १९ लाख ५२ हजार ९०३ को पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८२ महिला र १०३ पुरुष गरी १८५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।