१६ चैत्र २०८०, शुक्रबार

कामदारको नाममा नक्कली फर्म, ६५ करोडको भ्याट छली

rajaswa anusandhan bibhag

राजश्व अनुसन्धान विभागले कमजोर आर्थिक अवस्था भएका श्रमिक तथा मजदूरको नाममा नक्कली व्यावसायिक फर्म दर्ता गरी मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको अभियोगमा सर्लाही धनकौल गाउँपालिका–६ का प्रदीप साहविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले मुख्य कारोबारी भनिएका साहसहित १० जनाविरुद्ध रु ६५ करोड २८ लाख ५२ हजार ३८२ बराबरको बिगो, जरिवाना र कैद सजायको माग गर्दै आज उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

आरकेएम टे«डिङलगायत विभिन्न १३ वटा नक्कली फर्महरु कमजोर आर्थिक अवस्था भएका मजदूर तथा कामदारको नाममा दर्ता गरी सबै फर्मको बैंक खातासमेत सञ्चालन गरेको अनुसन्धानबाट पाइएको विभागले जनाएको छ ।

उनीहरुले नक्कली बिक्री बिजक जारी गर्दै आर्थिक वर्ष २०७३÷७४ देखि आव २०७५÷७६ सम्म मूल्य अभिवृद्धि कर र आयकर राजश्व चुहावट गरेको पाइएको छ । भ्याटतर्फ रु २२ करोड ४९ लाख ६९ हजार ८०१ र आयकरतर्फ रु ३७ करोड ५८ लाख ३६ हजार ८८९ र लाभांश रु पाँच करोड २० लाख ४५ हजार ६९२ बराबरको चुुहावट गरेको पाइएको छ ।

विभागले बिगोबमोजिमको रकम असुलउपर गरी जरिवाना र कैद सजायको माग गरिएको छ ।