११ बैशाख २०८१, मंगलवार

‘नेपाली म्युजिक भिडियो अवार्ड’ को चौथो संस्करण घोषणा

music award announce

कोभिड १९ को कारण सुन्यजस्तै रहेको मनोरञ्जन क्षेत्र पछिल्लो समयम लकडाउन खुलेसंगै सुरक्षा अपनाएर गतिबिधि चलयमान भएको छ।

फिल्म हल खुले संगै छ फिल्मको धमाधम छायांकन र घोषणा भइरहेको छ । ग्त्यसैगरी विभिन्न फिल्म अवार्ड घोषणा भइरहेकाे बेला संगिक्षा फिल्मस्ले अायोजना गर्दे अाइरहेकाे नेपाली म्युजिक भिडियो अवार्डको चौथो संस्करणकाे घोषणा गरिएको छ । नेपाली गीतसंगीतको क्षेत्रलाई चलायमान बनाउन र आफ्नो अवार्डलाई निरन्तरता दिदै अाइरहेको यस संस्थाले तेश्रो संस्करण सफलतापुर्वक सम्पन्न गरिसकेको छ । चौथो संस्करण घोषणा गरिएको संगीक्षा फिल्म्सका अध्यक्ष मनोज कुमार केसीले बताए ।

उनले उक्त जानकारी सामाजिक सञ्जाल मार्फत नयाँ वर्षको २०२१ को अवसरमा चौथो अवार्ड हुने जानकारी सहित फारम खुलाएको समेत जनाएका छन् । ‘मनोरञ्जनको गतिविधि बढ्दै गर्दा हामीले अवार्ड मार्फत टेवा पुगोस् भन्ने उद्दश्यका साथ अवार्डलाई निरन्तरता दिदैछौ’ अध्यक्ष केसीले भने । विदेशी भूमीमै अवार्ड आयोजना तर निश्चित समय केही समयपछि औपचारिक कार्यक्रम गरेर तोकिने बताएका छन ।

अवार्डको लागी गीत दर्ता भने खुलेको छ । यस अगाडी पहिलो युएईको अबुधाबी र दोश्रो दुबईमा र तेस्रो संस्करण संगीक्षा फिल्‍मसले ब्राइट भेन्चरसँगको सहकार्यमा सन् २०१८ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न गरेको थियो । अघिल्लो संस्करण झैँ यसपटक पनि अवार्डमा आधुनिक, लोक, दोहोरी, पप तथा राष्ट्रीय भावनाको गीत अन्तर्गत गायक, गायिका, संगीतकार, म्युजिक भिडियो, मोडल, छायांकार, निर्देशक, सम्पादकबीच ३० विधामा अवार्ड प्रदान गरिने छ ।

    सम्बन्धित समाचार...