१२ बैशाख २०८१, बुधबार

नेर्पामा जारी फुटबल प्रतियोगिता: १६ टिम क्वाटरफाईनलमा

nerpa bhulbhule

खाेटाङ पाैष १९ | सबैभन्दा ठूलो पुरस्कार राशी भएको नेर्पा भुलभुले अन्तर वडास्तरीय फुटबल प्रतियोगिता क्वाटर फाईनलमा प्रबेश गरेको छ । शनिबारबाट सुरु गरिएकाे खेलको दोश्रो दिनसम्म ७ खेल सम्पन्न हुँदा प्रतियोगिता क्वाटरफाईनलमा पुगेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित नेर्पा स्पाेर्टस कल्बकाे अायाेजनामा संसारीडाँडा खेलमैदानमा जारी खेलको दोश्रो दिन सम्पन्न पाँच खेलमध्ये तीन खेलमा ट्राईडब्रेकरमार्फत विजेता टिमको टुङ्गो लगाइएको छ ।
ट्राईब्रेकरमार्फत साकेला गाउपालिकालाइ १ लाई हराउदै हलेसि तुवाचुङ न पा १ बाहुनीडाँडा, दिक्तेल रु म नगरपालिका ५ लफ्याङलाइ हराउदै दिक्तेल रु म न पा ८ बुवालुङ र खाेटेहाङ गाउपालिकालाइ ७ खाेटाङबजारलाइ हराउदै हलेसि तुवाचुङ न पा १० अर्खौले क्वाटर फाईनलमा प्रबेश गरेको छ ।

यस्तै अन्य खेलमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाले दिक्तेल रु.म. नगरपालिका–१२ जालपालाई ६–० को फराकिलो गोल अन्तरले बिजय हासिल गर्दे क्वाइटरफाइनलमा पुगेकाे छ त्यसैगरि प्रि क्वाटर फाईनलको अन्तिम खेलमा हलेसी तवाचुङ न पा ५ दुर्छिमलाई ३–१ ले पराजित गर्दै दिक्तेल रु म नगरपालिका–१ दिक्तेलवजार क्वाटर फाईनलमा प्रबेश गरेको नेर्पा स्पाेर्टस क्लबका अध्यक्ष बिरेन गुरुङले जानकारि दिए ।

nerpa bhil bhule

खेलमा भोजपुरका एक वडा समेत गरी २३ वडा सहभागी रहेकाे थियाे ।
प्रतियोगिताको पहिलो दिनको खेलमा दिक्तेल रुम नगरपालिका–१४ बुइपाले सोही नगरपालिका–६ नेर्पालाई १–० गोल तथा खोटेहाङ गाउँपालिका–३ सावाकटहरेबिरुद्द साकेला गाउँपालिका–२ रतन्छाले २–० गोल अन्तरको जीत निकाल्दै अगाडी बढिसकेका छन् ।

प्रतियोगिताका प्रथम टिमले नगद रु एक लाख एक हजार १११ र दोश्रो टिमले रु ५५ हजार १११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको सेमि फाइनलिस्ट दुई टिमले जनही रु २० हजार १११ नगद पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, प्रशिक्षकलाई जनही २ हजार १ सयका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । हाइस्कोररलाई ३ हजार १ सय तथा सर्वोत्कृष्ट खेलाडीलाई नगद रु चार हजार १०० का साथमा ट्रफी र प्रमाणपत्र प्रदान आयोजकले बताएका छन ।