१६ चैत्र २०८०, शुक्रबार

यस्तो देखियो हिमपात पछिको हुम्ला

humla snowfall 3 scaled
दाने बोहरा / रासस

हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका प्रायः बस्तीमा चार फिट भन्दा बढी हिउँ जमेको छ । अहिले सदरमुकाम सिमकोटमा एक फिट हिउँ जम्दा सिमकोटमा तापक्रम माइनस ८.० डिग्रीमा झरेको छ ।

आइतबार अपरान्हदेखि परेको हिमपातले हुम्लालगायतका हिमाली जिल्लामा हवाई सेवा बन्द भएको बताइएको छ । जुम्लाका किसान खुशी खलङ्गा- जुम्लामा आज बिहान ३:०० बजेदेखि हिमपात शुरु भएको छ ।

humla snowfall 4
humla snowfall 2
humla snowfall 1

सदरमुकाम खलङ्गालगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात हुँदा यहाँका जनजीवन कष्टकर भएको स्थानीयवासी सुनिता पाण्डेले बताउनुभयो । हिमपात भएसँगै चिसोबढेपछि गाउँघरबाट सदरमुकाम अध्ययन गर्न आएका विद्यार्थीलाई आवतजावतमा कठिनाइ भएको तिला गाउँपालिका–१ राराबाट एसइईको तयारी गरिरहेका विद्यार्थी नमराज रावतले बताउनुभयो ।

यस वर्ष जुम्लामा पहिलोपटक हिमपात भएको हो । बिगतमा मङ्सिरबाटै हिमपात हुने गरे पनि यस वर्ष ढिलो हिमपात शुरु भएपछि यहाँका किसानले लगाएको गहुँ, जौँ र अन्य हिउँदे बालीदेखि स्याउका बिरुवालाई फाइदा गर्ने हुँदा हर्षित तुल्याएको किसान हरिप्रसाद रोकायाले बताउनुभयो । हिमपातपछि जुम्लाको तापक्रम माइनसममा झरेको छ ।