
खाेटाङमा आगामी फागुन १० गतेदेखी रणजितमान राई अन्तर वडा जिल्ला स्तरीय पुरुष फुटवल प्रतियाेगिता हुने भएकाे छ ।
‘जित्नलाई हैन सिक्नलाई खेलकुद’ भन्ने नाराका साथमा दिक्तेल रु म नगरपालिका-५ लफ्याङस्थित निर्माणाधिन मझुवागढी रणजितमान राई खेल मैदानमा प्रतियोगिता हुन लागेको कुरा आइतबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ तथा नमुना स्पोर्टस क्लव लफ्याङले पत्रकार सम्मेलन गरेर जानकारि गराएकाे हाे
फागनु १० गतेदेखी १५ गतेसम्म हुने प्रतियाेगिता जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशी भएको अन्तर वडा जिल्ला स्तरीय फुटवल प्रतियोगिता रहेकाे जानकारि दिइएकाे छ ।
प्रतियोगितामा क्रमश प्रथम हुनेले नगद १ लाख ५५ हजार, दोश्रो हुनेले १ लाख १ हजार र सेमिफाइनलिस्ट दुई टिमले ३१÷३१ हजार नगद पुरस्कार पाउनेछ ।
विधागत पुरस्कारतर्फ उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, प्रशिक्षक र अनुशासित टिमलाई नगद ५÷५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने अायाेजकले बताए ।

प्रतियोगिता उद्घाटनका दिन जिल्लामा क्रियाशिल एकजना पत्रकारलाई नगद ५ हजार ५५५ रुपैयाँको खेलकुद पत्रकारिता पुरस्कार पनि प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागिताका लागि ५ हजार ५५५ रुपैयाँ लाग्नेछ । एक टिममा ९ जना खेलाडी र ४ जना अतिरिक्त खेलाडी तथा १/१ जना प्रशिक्षक र व्यवस्थापक हुनुपर्नेछ । प्रतियोगितामा ३ जना वाह्य खेलाडी सहभागि गराउन पाइने नमुना स्पोर्टस क्लबका अध्यक्ष काजीमान राईले जानकारी दिए । सहभागी खेलाडिहरुले फागुनकाे ५ सम्ममा अनिवार्य टिम दर्ता गराइसक्नुपर्नेछ । र फागुनकाे ६ मा खेल तालिका सार्वजनिक गरिनेछ ।
काेराेना भाइरस काेभिड १९ का कारण अन्य क्षेत्रसंगै खेलक्षेत्रपनि ठुलाे मारमा रहेकाे थियाे । र काेराेना कहर सामान्य भएसंगै जिल्लामा खेलकुद गतिबिधि बढिरहेकाे छ । यससंगै १८ पुसबाट नेर्पा भुलभुले अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सञ्चालन भइरहेको छ ।
सवैभन्दा बढी रुचाइएको फुटबल खेलले युवाहरुलाई स्वास्थ्य रहन तथा आन्तरिक व्यापार व्यवसायमा समेट ठूलो टेवा पुग्ने हुनाले यस क्षेत्रलाइ विशेष प्राथमिकता दिइएकाे दिक्तेल रु म नगरपालिकाका ५ लफ्याङका वडाअध्यक्ष निर्मल राईले जानकारि दिए ।