७ बैशाख २०८१, शुक्रबार

‘सिनेमा घर गोल्ड’मा ५ सय रुपैयाँमा एक बर्ष नयाँ फिल्म हेर्न पाइने

CinemaGhar gold app launch khagendra lamichane Dayahang Rai Buddhi Sagar

भारत लगायत विश्व बजारमा ओटीटी प्लेटफर्ममा फिल्म हेर्ने दर्शकको संख्या दिनदिनै बढिरहेका छन् । लकडाउनका कारण हल बन्द भएपछि यो माध्यम अझै सशक्त बनेको हो । तर, नेपालमा पनि ओटीटी प्लेटफर्मको सुरुवात भएपनि दर्शकले भने यो माध्यमलाई अझै पनि विश्वास गर्न सकेका छैनन् ।

यसैविच, सन् २०१६ मा नेपालमा ओटीटीको संस्कार बसाल्न सफल मानिएको ‘सिनेमाघर एप’ अब अपडेटेड भर्सनमा आएको छ । ‘सिनेमा घर गोल्ड’ नाम राखिएको यो एपमा ५ सय रुपैयाँमा नै फिल्म, वेव सिरिज, स्ट्यान्ड अप कमेडी, सर्ट मुभिज हेर्न पाइने बताइएको छ ।
काठमाण्डौमा आयोजित पत्रकार सम्मेलन गर्दे एपको घोषणा गरिएकाे छ । यसका प्रमुख खगेन्द्र लामिछानेले नयाँ सोचमा आफूले सहयोग गरेको बताए ।

हाल यो एपमा ‘डमरुको डन्डिबियो, कोहलपुर एक्सप्रेस, सरौंतो, ब्लाइन्ड रक्स, मंगलम र कागजपत्र’ हेर्न सकिन्छ । वर्षमा डेढ दर्जन फिल्म, वेव सिरिज, स्ट्यान्ड अप कमेडी र सर्ट मुभिज यो एपमा ५ सय रुपैयाँमा नै हेर्न पाइने पनि खगेन्द्रले बताएका छन ।

एपबाट नेपाली फिल्म पाइरेसी पनि भैरहेका र पाइरेसीलाई रोक्नका लागि एपमा सुरक्षाको व्यवस्था कडा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

    सम्बन्धित समाचार...