११ बैशाख २०८१, मंगलवार

‘नेपाली म्युजिक भिडियो अवार्ड’ को चौथो संस्करण घोषणा

Capture

काेभिड-१९ काे कारण मनाेरञ्जनक्षेत्रकाे गतिविधि सुन्यजस्तै रहेकाे थियाे । पछिल्लाे समयम लकडाउन खुलेसंगै सुरक्षा अपनाएर यस क्षेत्रकाे गतिविधि चलयमान भएकाे ।

फिल्म हल खुलेकाे छ फिल्मकाे धमाधम छायांकन र घाेषणा भइरहेका छ विभिन्न फिल्म अवार्ड घाेषणा भइरहेकाे बेला संगिक्षा फिल्म्सले आयाेजना गर्दे आइरहेकाे नेपाली म्युजिक भिडियाे अवार्डकाे चाैथाे सस्करणकाे घाेषणा गरिएकाे छ । नेपाली गीतसंगीतको क्षेत्रलाई चलायमान बनाउन र आफ्नो अवार्डलाई निरन्तरता दिदै आइरहेकाे यस संस्थाले तेस्राे संस्करण सफलतापुर्वक सम्पन्न गरिसकेकाे छ । साथै चौथो संस्करण घोषणा गरिएको संगीक्षा फिल्म्सका अध्यक्ष मनोज कुमार केसीले बताए ।

उनले उक्त जानकारी सामाजिक सञ्जाल मार्फत नयाँ वर्षको २०२१ काे अवसरमा चाैथाे अवार्ड हुने जानकारि सहित फारम खुलाएको समेत जनाएका छन् । ‘मनोरञ्जनको गतिविधि बढ्दै गर्दा हामीले अवार्ड मार्फत टेवा पुगोस् भन्ने उदेश्यका साथ अवार्डलाई निरन्तरता दिदैछौ’ अध्यक्ष केसीले भने साथै अवार्ड विदेशीभूमीमै अवार्ड आयोजना तर निश्चित डेट केही समयपछि औपचारिक कार्यक्रम गरेर ताेकिने बताएका छन ।

साथै उनले गीत दर्ता भने खुलेको बताए । यस अगाडी पहिलाे युएईको अबुधाबी र दाेस्राे दुबईमा सम्पन्न गरेको थिए त्यसैगरि तेस्रो संस्करण संगीक्षा फिल्‍मसले ब्राइट भेन्चरसँगको सहकार्यमा सन् २०१८ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न गरेका थिए । अघिल्लो संस्करण झैँ यसपटक पनि अवार्डमा आधुनिक, लोक, दोहोरी, पप तथा राष्टिय भावनाको गीत अन्तर्गत गायक, गायिका, संगीतकार, म्युजिक भिडियो मोडल, छायांकार, निर्देशक, सम्पादकबीच ३० विधामा अवार्ड प्रदान गरिने बताइएकाे छ ।

    सम्बन्धित समाचार...