१२ बैशाख २०८१, बुधबार

विद्यार्थीलाई न्यानो कपडा

unnamed

ललितपुरको गोदावरी नगरपालिका–६ स्थित लप्सेको देउराली आधारभूत विद्यालयका ३५ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । उक्त क्षेत्रमा आर्थिकरुपमा कमजोर र तामाङ समुदायको बस्ती रहेको छ ।

योङ पिकासो र ‘सहयात्रा’ संस्थाको सहकार्यमा त्यहाँका कक्षा १ देखि ५ का विद्यार्थीलाई शुक्रबार कपडा वितरण गरिएको हो । कार्यक्रमका लागि विएफविएस गोर्खा रेडियो, भाटभटेनी सुपर स्टोर तथा लाइन्स क्लव अफ क्रिएटिभ वुमनले सहयाग गरेको योङ पिकासोका निर्देशक अजय देशारले जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक मैया थपलियाले चिसो समयमा आफ्ना विद्यार्थीलाई राहत मिलेको बताउनुभयो । ‘सहयात्रा’का निवर्तमान अध्यक्ष बालमुकुन्द आचार्यले विद्यार्थीका लागि सिकाइ महत्वपूर्ण रहेकाले न्यानो कपडाले सिकाइ सहज बनाउने अपेक्षा व्यक्त गर्नुभयो ।