११ बैशाख २०८१, मंगलवार

प्रतिनिधिसभा विघटनपछि मन्त्रिमण्डल पुनःगठन र नियुक्तिको विरोध

Mantriparisad bistar PM Oli

प्रतिनिधिसभा विघटनका विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहले प्रदेश नं २ मा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सो समूहले आज आठबुँदे निर्णय गर्दै २ नम्बर प्रदेश कमिटी बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेसँंगै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्नेक्रममा स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रतिनिधिसभा विघटन संवैधानिक नरहेको जनाउँदै आन्दोलनको विकल्प नरहेको बताउनुभयो । पूर्वमन्त्री पोखरेलले जनयुद्ध, जनआन्दोलन र विभिन्न आन्दोलनको उपलब्धिस्वरुप प्राप्त सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता तथा समावेशितासहितका उपलब्धिको रक्षार्थ आन्दोलन आवश्यक रहेकामा जोड दिनुभयो ।

आफैँले प्रतिनिधिसभा विघटन गरी मन्त्रिमण्डल पुनःगठन तथा विभिन्न पदमा नियुक्तिलगायत कार्य सुहाउँदो नभएको विचार व्यक्त गर्नुभयो ।

नेकपा प्रदेश कमिटीको विशेष बैठकले जारी आन्दोलनका कार्यक्रम सञ्चालन गर्न प्रदेश सहइञ्चार्ज विश्वनाथ साहका संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेको अर्का प्रदेश सहइञ्चार्ज महेन्द्र पासवानले जानकारी दिनुभयो । समितिले यही पुस १८ देखि २४ गतेसम्म आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

आन्दोलन सँगसँगै जनसङ्गठनका कामको व्यवस्थापन र सञ्चालन गर्ने बताउँदै नेकपाले प्रचारप्रसारसम्बन्धी व्यवस्थापनको जिम्मेवारी प्रदेश कार्यालयलाई दिइएको जनाएको छ ।

    सम्बन्धित समाचार...