१४ बैशाख २०८१, शुक्रबार

अज्ञात रोगले बाख्रा मरे

got ded

जुम्लामा अज्ञात रोगले बयर जातका बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् । महङ्गोमा खरिद गरेर पालिएका बाख्रा मर्न थालेपछि किसान निकै चिन्तित हुन थालेको चन्दननाथ नगरपालिका–३ का स्थानीयवासी भक्तबहादुर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “एक हप्तादेखि बाख्रा मर्न थालेको र मेरा मात्र ६ वटा बोका मरिसके, चार वटा बिरामी छन् ।”

विसं २०६४ देखि व्यावसायिक बाख्रापालन गर्दै आउनुभएका भक्तबहादुरले झण्डै साढे दुई लाखको क्षति भइसकेको बताउनुभयो । खरिद गर्दा प्रति बाख्रा झण्डै रु ५० देखि ६० हजारसम्म मूल्य पर्छ । पशु चिकित्सकले खोरमै पुगेर दुई दुई वटा सुई लगाएर फर्किएपनि रोग नियन्त्रण हुन नसकेको जनाइएको छ ।

बिरामी बाख्राले पातलो दिशा गर्ने, काम्ने, ¥याल निकाल्ने, झोक्रयाउने जस्ता लक्षण देखिएको छ । लक्षण देखिएको केही घण्टामै बाख्रा मर्ने गरेका छन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भेटनरी अस्पतालका प्रमुखलाई भनेर पशु प्राविधिकलाई नियमित रुपमा पठाउन निर्देशन दिनुभएको छ ।