१६ चैत्र २०८०, शुक्रबार

पूर्णअशक्त दिदीबहिनीको पुनःस्थापना

Jumla District Final Map

जुम्लाको गुठिचौर गाउँपालिका –२ निवासी पूर्ण अशक्त निर्मला बुढा र विष्णुमाया बुढालाई मानवसेवा आश्रममा पुनः स्थापन गरिएको छ ।
अपाङ्गता भएका उनीहरुको संरक्षणको अभाव भएपछि गाउँपालिका, स्थानीय प्रशासन, अपाङ्गता पुनस्र्थापन तथा विकास केन्द्रको पहलमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको मानवसेवा आश्रममा तत्कालका लागि पुनःस्थापन गरिएको जनाइएको छ । उनीहरुको १२ वर्ष बढी समयमा जुम्लामा नै संरक्षण भइरहेको थियो ।

गुठिचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले रु १५ हजार तीन जनालाई यातायात खर्च र १० हजारको मानवसेवा आश्रमलाई कपडा वा कुनै सहयोगका लागि गरेर रु २५ हजार सहयोग गर्ने निर्णय भएको बताउनुभयो । आठ वर्षसम्म स्थानीय चन्दननाथ नगरपालिका– ३ निवासी सम्झना शाहीले घरमा उनीहरुलाई संरक्षण गरिरहनुभएको थियो । उहाँ सदरमुकाम बाहिर रोजागारीको सिलसिलामा सिँजामा गएकाले संरक्षण अभाव भएको जनाउँदै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा र गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीसहितको सरोकारवाला निकायको स्थानीय प्रशासनमा बैठकले सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीको समन्वयमा आश्रममा पठाउने निर्णय गरेको थियो ।

गाउँपालिकाले आवश्यक कागजात पु¥याएर भाडासहित जहाँजमा सुर्खेत पठाएपछि आश्रममा तत्कालका लागि व्यवस्थापन गरिएको महिला विकास अधिकृत ज्ञवालीले बताउनुभयो । अपाङ्गता पुनस्थापन तथा विकास केन्द्रका अध्यक्ष नन्दराज धितालका अनुसार तत्कालीन समयमा जिविसको सहयोगमा जिल्लामै पुनस्थापना केन्द्र निर्माण गर्ने उद्देश्यले भवन शुरु गरिएको थियो । सङ्घीय संरचनापछि सो भवन अधुरो भएकाले अहिले सडकमा धेरै व्यक्तिलाई पुनस्थापन गर्न नसकिएको जनाइएको छ ।