२१ बैशाख २०८१, शुक्रबार

मन्त्री पदमुक्त

Indra manbo

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई आज पदमुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारका मन्त्री आङ्बोलाई पदमुक्त गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो

प्रदेश १ सरकारका मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव तयारी हुँदै गर्दा आफूलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मन्त्री आङ्बोले बताए।

उनले भने, ‘अविश्वासको प्रस्ताव तयार हुँदै गरेको थाहा पाएर होला मलाई पदमुक्त गर्नु भएछ।’

अब आफूलाई अविश्वासको प्रस्तावको प्रस्तावक बन्न सजिलो भएको आङ्बोले बताए।

नेकपाभित्र देखिएको दुई धारको प्रत्यक्ष असर अहिले प्रदेश सरकारहरूमा देखिएको छ।

शुक्रबार मात्र बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो।

    सम्बन्धित समाचार...