fbpx
१४ फाल्गुन २०७७, शुक्रबार

प्रदेश नं १ : थप २७६ सङ्क्रमित निको, ९४ थप

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या २५ हजार ३९५ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा ७५० को पिसिआर परीक्षण गरिएकामा ४१ महिला र ५३ पुरुष गरी कूल ९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये मोरङका ५२ मध्ये विराटनगरका २७, सुनसरीका १९, झापाका आठ, सङ्खुवासभाका तीन, इलामका दुई तथा भोजपुर, उदयपुर, पाँचथर एंव ताप्लेजुङमा एक÷एक र प्रदेश बाहिरका छ जना छन् ।

हालसम्म प्रदेशमा सङ्क्रमितको सङ्ख्या २९ हजार ४२६ पुगेको छ । अहिलेसम्म दुई लाख पाँच हजार छ जनाको पिसिआर परीक्षण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।