१६ चैत्र २०८०, शुक्रबार

बाढीपीडितलाई खाद्यान्न सहयोग

download 10

कालिकोटको शुभकालिका गाउँपलिकाले बाढीपीडितलाई राहत वितरण गरेको छ । गत साउन र भदौमा आएको अविरल वर्षापछि आएको बाढीपहिरो पीडितलाई राहत वितरण गरेको हो ।

बाढीपहिरोमा परी धनमालसहित घरबारविहीन भएको शुभकालिका–८ का ८३ घरधुरीका लागि खाद्यान्न वितरण गरिइएको हो । उहाँहरुलाई खाने बस्नेको समस्या भएका कारण खाद्यान्न वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईँले जानकारी दिनुभयो । “तत्कालका लागि ६०० बोरा चामल वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “उहाँहरुको अहिले पनि खानबस्नको समस्या छ ।”

गाउँपालिकामा ठूलो सङ्ख्यामा बाढीपहिरोमा परी घरबारविहीन भएको अवस्था रहेको र त्यसको तथ्याङ्क सङ्कलन गरेर घरबारविहीनका लागि आवासको व्यवस्था गरिने अध्यक्ष चौलागाईँले बताउनु्भयो । “अहिले तथ्याङ्क सङ्कलन गरेर वास्तविक पीडितलाई आवासको व्यवस्था गर्ने तयारी थालेका छौँ”, उहाँले भन्नुभयो, “क्षतिको विवरण यकिन भएपछि आवास निर्माणका लागि तीनै तहका सरकार मिलेर काम गर्ने योजना रहेको छ ।”

    सम्बन्धित समाचार...