१६ चैत्र २०८०, शुक्रबार

व्यस्त निराजन प्रधान

131629811 722199521744042 6154735231692019690 n

चर्चित मोडल तथा अभिनेता निराजन प्रधान यतिबेला निकै व्यस्त देखिएका छन् । निराजन फिल्म संगै म्युजिक भिडियोमा पनि सक्रिय देखिएका हुन ।

उनि अहिले एक नयाँ म्युजिक भिडियो ‘बोलन केही त’मा व्यस्त रहेका छन् उनि संगै अभिनेत्री कुसुम गरुङ पनि देखिने भएकी छन् ।

यस म्युजिक भिडियोका निर्देशक उमेश गुरुङ हुन भने गायक डम्बर नेपाली हुन ।

131695942 3175421472557551 7441529258326721199 o

लामो समयदेखि म्युजिक भिडियो तथा बिज्ञापनहरुमा देखिदै आएका निराजनले सयौं म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने विभिन्न चलचित्रमा अतिथि भूमिकामा आफ्नो अभिनय प्रस्तुत गरिसकेका छन् ।

हालै निराजन ‘बोटलर्स नेपाल’को उत्पादन ‘स्प्राइट’को टि.भी.सी विज्ञापनमा एक वर्षसम्मका लागी देखा पर्दैछन् ।

लामो समयदेखि म्युजिक भिडियोमा अत्याधिक व्यस्त मोडलको परिचय बनाएका प्रधानले आफ्नो करिअरको ८ वर्षमा एक हजारभन्दा बढी भिडियोमा अभिनय गरिसकेका छन् ।

यस्तै ‘कहानी तिम्रो मेरो’ फिल्मको मुख्य भूमिकामा निराजन प्रधान र अभिनेत्री केकी अधिकारी अनुबन्ध भएका छन् ।

दर्शकहरुबाट धेरै रुचाइएका कारण उनले एकमाथि अर्को अवसर पाउँदै आएका छन् । हरेक अवसरलाई उनले अनुभव हासिल गर्दै निखारिएको अभिनय प्रस्तुत गर्ने दरिलो मंचको रूपमा लिएको स्पष्ट देख्न सकिन्छ । उनले अहिले सम्म लोकप्रिय निर्देशक तथा नयाँ पुस्ताका अभिनेत्री र मोडलहरु संग काम गरिसकेका छन् ।