६ बैशाख २०८१, बिहीबार

‘संसद् अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक’

sherbadhur deuwa

मुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएकामा’ पार्टीको विमति रहेको जनाउनुभएको छ ।

सरकारले आज संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेपछि उहाँले सामाजिक सञ्जालमार्फत सो टिप्पणी गर्नुभएको हो ।

‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक’ रहेको पनि उहाँले जनाउनुभएको छ ।