५ जेष्ठ २०८१, शनिबार

कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैनः महामन्त्री डा कोइराला

shashank koirala

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन फागुनमा सम्भव नभएको बताउनुभएको छ ।

पत्रकारसँग यहाँ आज कुरा गर्दै डा कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दावीविरोधलगायत काम गर्न बाँकी रहेकाले तोकिएका समयमा महाधिवेशन सम्भव नरहेको स्पष्ट गर्नुभयो ।

यी सबै काम गर्नका लागि पनि अझै समय लाग्ने भएकाले पार्टीको महाधिवेशन चैत अन्तिम साता वा वैशाखमा गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “मङ्सिर मसान्तसम्म जिल्लाबाट क्रियाशील सदस्य आउनुप¥यो । त्यसमा दावी विरोध हुन्छ । त्यसलाई समय दिनुप¥यो ।”
महाधिवेशनमा आफू कुन पदमा लड्ने भन्ने विषयमा टुङ्गो लागिनसकेको उहाँको भनाइ थियो ।

पार्टीभित्रका जिम्मेवार व्यक्तिसँग कुरा चलिरहेकाले छलफलबाट उम्मेदवार टुङ्गो लगाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यकर्ताको चाहना मलाई सभापति भएको देख्ने छ । रामचन्द्रजी, प्रकाशमानजी, शेखर दाइ, सुजातालगायत जिम्मेवार व्यक्तिसँग छलफल भएको छैन ।”

कुराकानीका क्रममा उहाँले अहिलेका अवस्थामा कांग्रेस सरकारमा नजाने स्पष्ट गर्नुभयो । सरकारमा जाने हो भने पार्टीलाई ठूलो घाटा लाग्ने सङ्घीय सांसद डा कोइरालाको भनाइ थियो ।