४ बैशाख २०८१, मंगलवार

भिरमा युवक मृतावस्थामा फेला

half burnt body
फाइल फोटो

अर्घाखाँचीको प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीको भिरमा आज एक युवक मृतावस्थामा फेला परेका छन् ।

पाणिनी गाउँपालिका–७ अड्गुरीका १९ वर्षीय अनिल आचार्य भिरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ । घरबाट सुन्तला बेच्न हिजो सुपा देउरालीमा गएका उनी आज दिउँसो मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।