
गायक प्रताप दास सुमधुर आवाजमा रहेको नया गीत “हिमाल हौ तिमि” को म्युजिक भिडियो सार्वजनीक भएको छ ।
मदन दुलालको शब्द रचना अनि प्रकाश नेपालीको संगीत रहेको यस गीतमा मानसी किरणको संगीत एरेन्ज रहेको छ । आकर्षण लोकेशन अनि निकै उत्कृस्ट कथामा तयार गरिएको यस गीतको म्युजिक भिडियोमा निकै नै चर्चित मोडल अन्जली अधिकारीको साथमा आकर्षण सुन्दरताले भरिएको मोडल राज खड्काको अभिनय रहेको छ ।
यो भन्दा पनि पहिला धेरै म्युजिक भिडियोहरुमा आफुलाई प्रस्तुत गरिसकेको राज खड्का यस गीतको म्युजिक भिडियोका निर्देशन पनि हुन् । अन्जुली इन्टरटेर्मेण्तको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई मधुर बस्नेतले छायांकन अनि राजिव समरले कोरियोग्राफी र सुप्रिम पराजुलीले सम्पादन गरेका छन ।