१३ बैशाख २०८१, बिहीबार

रुखहरुमा पूर्व क्रिकेटर गौतम गम्भीर हराएको पोस्टर

gautam

भारतको नयाँ दिल्ली क्षेत्रको आइटीओ क्षेत्रमा दिल्लीका पूर्व सांसद एवं पूर्व क्रिकेटर गौतम गम्भीर लापता ९हराएको० पोस्टर टाँसिएको छ । रुखहरुमा उनी लापता भएको भन्दै पोस्टर टाँसिएको हो ।

यो पोस्टरमा तल लेखिएको छ कि,‘तपाईहरुले यिनलाई कही देख्नु भएको छ ?’

अन्तिमपटक उनलाई इन्दोरमा जेरी खाँदै गरेको अवस्थामा देखिएको थियो । पूरै दिल्लीमा उनको खोजी भइहरको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गम्भीर दिल्लीमा प्रदुषण माथि भएको एक मिटिङमा सहभागी भएका थिएनन् । यो शहरी विकासको संसदीय समितिको मिटिङ थियो ।

मिटिङमा नगएपछि जब गम्भीरको सामाजिक सञ्जालमा आलोचना भयो तब उनले भनेका थिए ‘मेराका स्वयं बोल्ने हो । यदी मलाई गाली गरेर दिल्लीको प्रदुषण कम हुन्छ भने ‘आप’ मलाई बेसरी गालि गरोस् ।’

त्यस्तै गम्भीर दिल्लैको तीन एमसीडीको कमिश्नर पनि यो बैठकमा पुगेनन् जसका कारण बैठक स्थिगित भएको थियो ।

उनी प्रदुषण नियन्त्रणबारेको मिटिङमा सहभागी नभएपछि मानिसहरुले उनी हराएको सूचना टाँस गरेका हुन् । एजेन्सी

 

    सम्बन्धित समाचार...