१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को सीता बनेर उत्रिन रेखा थापा

Rekha Thapa

अभिनेत्री रेखा थापा हिन्दु राष्ट्र बनाउने जागरण अभियानमा लागेकी छिन् । उनी राप्रपा पार्टीको अभियानमा लागेकी हुन् । रेखाले आफ्नो फेसबुक पेजमा जनकपुर बाट धार्मिक यात्रा सुरु लेखेर केहि तस्विरहरु राखेकी छन् । धार्मिक यात्राको जानकारी गराएकी छिन् ।

धर्म निरपेक्ष गणतन्त्र नेपाललाई हिन्दुराष्ट्र बनाउने उद्देश्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले २८ कत्तिकदेखि धार्मिक जागरण यात्रा शुरु गरेको हो ।

74693507 2527405767325718 7169734313330606080 n

४ मंसिरसम्म चल्ने यो जागरण अभियान यात्रा जनकपुरधाममा रहेको माता सीताको समाधिस्थलबाट शुरु भएर चितवनको वाल्मिकी आश्रम हुँदै भगवान बुद्धको जन्मस्थल लुम्बिनी पुगेर जनकपुर–लुम्बिनी धार्मिक यात्रा सम्पन्न हुनेछ ।

आजबाट यात्रा सुरु भइसकेको छ । सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र नेपाल र नेपाली हुनुको आधारशीला रहेको बताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले धार्मिक जागरण यात्रा सुरु गरेको हो ।

नेपालको मौलिक धर्म, परम्परा, सांस्कृतिक सम्पदा र संस्थाको संरक्षण एवं निरन्रता आजको आवश्यकत्ता भएको पनि राप्रपा (संयुक्त) को भनाई छ ।

अभिनेत्री रेखा पछिल्लो समय समाजिक चेतना दिने चलचित्रहरुको निर्माण र अभिनय गर्दै आएकी छिन् । चलचित्रबाट उनले समाज परिवर्तनको विचार राखेकी छिन् । उनको पछिल्लो चलचित्र मालिकालाई धेरै दर्शकले मन पराएका थिए । बालबालिका, महिला शेषण र बालविवाहको अन्तय गर्नुपछि भन्ने सन्देश चलचित्रले दिएको छ ।

Rekha Thapa1

    सम्बन्धित समाचार...