१५ चैत्र २०८०, बिहीबार

विधवा आमाका लागि योग्य वर खोजिरहेका युवा, एउटा फेसबुक पोस्टले चर्चामा

76779518 2340941582871929 1290716871644938240 o

मलाई आफ्नी विधवा आमा डोला अधिकारीका लागि एक योग्य वर चाहिएको छ । म रोजगारीको सिलसिलामा धेरैजसो घर बाहिर नै बस्छु । जसका कारण मेरी आमा घरमा एक्लै हुन्छिन् । मलाई लाग्छ कि एक्लो जीवन गुजार्नुको साटो सबैलाई राम्रो तरिकाले बाँच्ने अधिकार छ । ’

पश्चिम बंगालको हुगली जिल्लामा फ्रेन्च कोलोनी भएको चन्दननगर धेरैजसो जगद्धात्री पूजा र आकर्षक बत्तीका डिजाइनका लागि चर्चामा रहन्छ ।

तर यसपटक त्यो इलाका एक युवक गौरव अधिकारीको फेसबुकमा लेखिएको यो पोष्टका कारण चर्चामा छ ।

पाँच वर्षअघि गौरवका पिताको निधन भएको थियो । त्यसपछि ४५ वर्षीया उनकी आमा घरमा एक्लै भइन् । तर आखिर उनले फेसबुकमा यस्तो पोष्ट किन लेखे रु

गौरव भन्छन्, ‘मेरा बुवा कुल्टीमा काम गर्नुहुन्थ्यो । सन् २०१४ मा उहाँको निधन भएपछि आमा एक्लै हुनुभयो । म आमाबुवाको एक्लो सन्तान हुँ । म बिहान सात बजे नै काममा जान्छु र फर्कंदा राती भइसकेको हुन्छ । दिनभरी आमा एक्लै बस्नुहुन्छ । मलाई महसुस भयो कि हरेक व्यक्तिलाई साथी वा मित्रको आवश्यकता हुन्छ ।’

के तपाईंले यो पोष्ट लेख्नुअघि आमासँग यसबारे कुरा गर्नुभयो ?

गौरवले भने, ‘मैले आमासँग पनि कुरा गरेको थिएँ । आमाले मेरा बारे सोचिरहनुभएको थियो । तर मैले पनि उहाँबारे सोच्नुपर्छ । एक सन्तानको रुपमा म चाहन्छु कि आमाको बाँकी जीवन राम्रो तरिकाले बितोस् ।’

के लेखेका थिए गौरवले ?

गौरवले आखिर आफ्नो फेसबुक पोष्टमा के लेखेका छन् रु उनले लेखेका छन्, ‘मेरी आमाको नाम डोला अधिकारी हो । मेरो बुवाको निधन पाँच वर्ष अघि भएको थियो । जागिरका कारण म धेरैजसो घरबाहिर नै हुन्छु । त्यसो हुँदा आमा एक्लै बस्नुपर्छ । मेरी आमालाई किताब पढ्न र गीत सुन्न एकदमै मनपर्छ । तर म आफ्नी आमाका लागि साथी चाहन्छु । मलाई लाग्दैन कि किताबहरु र गीतले साथीको स्थान लिन सक्छन् । एक्लो जीवन गुजार्नुको साटो उत्कृष्ट तरिकाको जीवनयापन आवश्यक छ । म भविष्यमा थप व्यस्त हुनेछु । विवाह हुनेछ, घर परिवार हुनेछ । तर मेरी आमा रु हामीलाई पैसा वा धन सम्पत्तिको कुनै लोभ छैन । तर भावी वर आत्मनिर्भर भने हुनुपर्छ । ती व्यक्तिले मेरी आमालाई राम्रोसँग राख्नुपर्नेछ । आमाको खुसीमा नै मेरो खुसी छ । यसका लागि कतिले मेरो खिल्ली पनि उडाउन सक्लान् वा कतिले मेरो दिमाग खराब भएको पनि भन्न सक्लान् । मानिसहरु ममाथि हाँस्न पनि सक्लान् । तर त्यसले मेरो निर्णय परिवर्तन हुनेछैन । म आफ्नी आमालाई नयाँ जीवन दिन चाहन्छु । उहाँले एक नयाँ साथी वा मित्र पाए हुन्थ्यो भन्ने मात्र मेरो चाहना हो ।’

उनको यो पोष्टमा कस्ता प्रतिक्रिया आइरहेका छन् ?

गौरव भन्छन्, ‘यो पोष्टपछि कति मानिसहरुले फोन गरेर विवाहका लागि इच्छा देखाएका छन् । यीमध्ये डाक्टर, मरिन इन्जिनियरदेखि शिक्षकसम्म समावेश छन् । तीमध्ये कुनै एक योग्य पात्र छनोट गरेर आमाको दोस्रो विवाह गर्नु नै अहिलेको मेरो प्रमुख लक्ष्य हो ।’

तर के समाजका मानिसहरुले यो पोष्टका लागि मजाक उडाइरहेका छैनन् रु

गौरव भन्छन्, ‘पिठ्युँ पछाडि त मानिसहरुले लाखौं कुराहरु गर्छन् नि । तर अगाडि अहिलेसम्म कसैले पनि केही भनेका छैनन् । कतिले प्रचार पाउनका लागि यो पोष्ट लेखेको पनि भन्छन् । धेरैजसो युवा युवतीले मैले झैं आफ्ना आमा–बुवाबारे पक्कै पनि सोच्नुहुन्छ होला । तर समाजको डरले अघि बढ्न हिम्मत जुटाउन सक्दैनन् ।’

आफ्नो यो पहलले अन्य व्यक्ति पनि अगाडि आउने गौरवलाई आशा छ ।

गौरव जुन बऊबाजार इलाकामा बस्छन् त्यही स्थानमा शुभमय दत्त भन्छन्, ‘यो राम्रो पहल हो । धेरै मानिसहरु कम उमेरमा नै श्रीमान् वा श्रीमतीको निधनले एक्लो हुन्छन् । छाक टार्ने व्यस्तताका कारण सन्तानले पनि उनीहरुको राम्रोसँग हेरविचार गर्न सक्दैनन् । यस्तोमा जीवनको दोस्रो अध्यायको सुरुवातको विचार नराम्रो होइन ।’

एक सामाजिक संगठन मानविक वेलफेयर सोसयटीका सदस्य सोमेन भट्टाचार्य भन्छन्, ‘यो पहल सराहनीय हो । मानिसहरुले त केही न केही भनिरहन्छन् । तर आमाको भविष्यबारे एक छोराको यो चिन्ता समाजको परिवर्तित मानसिकताको संकेत हो ।’

प्रभाकर एमर बीबीसी हिन्दी

    सम्बन्धित समाचार...