१४ बैशाख २०८१, शुक्रबार

बङ्गलादेशमा झण्डै १७ करोड मोबाइल फोनको प्रयोग

phones

बङ्गलादेशमा मोबाइल फोन प्रयोगकर्ताको सङ्ख्या अक्टोबरको अन्त्यसम्म १६ करोड ८० लाख पुगेको यहाँको दूरसञ्चार नियमनकारी संस्थाले सोमबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

मुस्लिम बहुल यस मुलुकमा सन् २०२० को १० महिनामा मात्र २५ लाख मोबाइल प्रयोगकर्ता थप भएका बङ्गलादेश दूरसञ्चार नियामक आयोग (बीटीआरसी) ले उल्लेख गरेको छ ।

बीटीआरसीका अनुसार बङ्गलादेशमा अक्टोबरसम्म कूल १६ करोड ८० लाख ६९ हजार मोबाइल प्रयोगकर्ता रहेका छन् । यहाँ चार मोबाइल फोन कम्पनी रहेका छन् भने तीमध्ये तीन कम्पनीले विदेशी लगानीमा सेवा प्रवाह गर्दै आएका छन् ।

अक्टोबरको अन्त्यसम्ममा ग्रामीफोन, रोबी एक्साइटा, बङ्गलालिङ्क र राज्यको स्वामित्व रहेको टेलिटकका क्रमशः सात करोड ८१ लाख २१ हजार, पाँच करोड चार लाख १३ हजार, तीन करोड ४९ लाख १७ हजार र ४६ लाख १८ हजार मोबाइल फोन प्रयोगकर्ता रहेको बीटीआरसीका् तथ्याङ्कमा उल्लेख छ ।