१७ बैशाख २०८१, सोमबार

वनमन्त्री बस्नेतद्वारा नगरअस्पतालको शिल्यान्यास

shakti basnet

पूर्वी क्षेत्रको मुटु मानिने नलगाड नगरपालिकाको दल्लीमा १५ श्ययाको नगरअस्पताल शिल्यान्यास गरिएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नगर अस्पतालको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा नगर अस्पतालका समस्यका बारेमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले मन्त्रीलाई जानकारी गराउनुभएको थियो । नलगाड जलविद्युत् आयोजना (४१७ मेगावाट) को विद्युत्गृह निर्माणस्थलसमेत रहेको यस क्षेत्र जिल्लाकै उत्कृष्ट नगरका रूपमा लिने गरिन्छ ।

नलगाड नगरपालिका डोल्पा, रुकुमपश्चिमसँग जोडिएको छ । स्वास्थ्य क्षेत्रलाई लयमा ल्याउनका लागि नलगाडको यो सेवा विस्तारले केही कुरा हल गरेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । “चुनावमा हामीले के भनेका थियौँ अहिले के भएको छ सबैलाई थाहा नै छ”, उहाँले भन्नुभयो । सडक, शिक्षा, पुल र विद्युत् सेवामा भारी काम गरेको समेत मन्त्री बस्नेत जानकारी दिनुभयो । केही समयअघि मात्र ५० श्ययाको सदरमुकाममा अस्पताल काम शुरु भएसँगै छेडागाड नगरपालिका १५ श्यया हुँदै नलगाडमा पनि आज १५ श्ययाको अस्पतालको सेवा शुभारम्भ भएको उहाँको बताउनुभयो । नलगाड जलविद्युत् अयोजनाको काम अहिले सन्तोषजनक रहेकोसमेत उहाँले जानकारी दिनुभयो । नलगाड जलविद्युत् आयोजना निर्माणका लागि लगानीकर्ता कमी नभएको उहाँको भनाइ छ ।

विकास र परिवर्तन कसैले रोक्न नसक्ने भन्दै पूर्व शान्तिमन्त्री सत्य पहाडीले विकासको गति कुन रफ्तारमा जाने भन्ने मुख्य कुरा हो । डोल्पामा जन्मिएकी पहाडीले आफ्नो बाल्यकालको अनुभूति स्मरण गर्दै भन्नुभयो, “हामी सानो छँदा यही बाटो डोकोमा बिरामी बोकेर नेपालगञ्ज लिएका थियौँ, अहिले धेरै परिवर्तन भएको छ ।” कुनै पनि देशको भाग्य त्यस देशका जनताको गतिमा निर्भर हुने भन्दै उहाँले अब विकासका लागि जनता निकै चलाख भएको उहाँको भनाइ छ । परिवर्तका मुख्य एजेण्डा कम्युनिष्ट पार्टीले गरेका भन्दै धमिलो पानीको माछा मार्नेको ठूलो रहेको समेत उहाँको भनाइ थियो ।