१३ बैशाख २०८१, बिहीबार

मुख्यमन्त्री राउतद्वारा जानकी मन्दिर सौन्दर्यीकरणको स्थलगत निरीक्षण

janakimandir

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘मुख्यमन्त्री स्वच्छता अभियान’अन्तर्गत जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा जारी सौन्दर्यीकरण योजनाको स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।

प्रमुख सचिव अर्जुन पोखरेलसहितको टोली लिएर जानकी मन्दिर परिसर पुग्नुभएका मुख्यमन्त्री राउतले जारी सौन्दर्यीकरण योजनाको कार्य प्रगतिबारे जानकारीसमेत लिनुभयो । उहाँले सौन्दर्यीकरणसम्बन्धी निर्माण कार्य विवाहपञ्चमी महोत्सवअगावै पूरा गर्न निर्माण व्यवसायीलाई निर्देशनसमेत दिनुभयो ।

निरीक्षण टोलीमा मुख्यन्यायधिवक्ता दीपेन्द्र झा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यम भुसाल, डिभिजिनल इञ्जिनीयर भगवान झासहितको सहभागिता थियो