१२ बैशाख २०८१, बुधबार

प्रहरी हस्तक्षेपपछि राजमार्ग खुल्यो, आक्रोसित स्थानियले आरोपितको घर जलाए

rajmarg band

महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका क्रमममा प्रहरी हस्तक्षेप भएको छ । अवस्था तनावग्रस्त भएपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जका साथै गोली समेत चलाएको छ ।

प्रहरीको गोली लागेर बर्दिबास १ का सञ्जय न्यौपाने घाइते भएका छन् भने उनलाई उपचारका लागि स्थानीय पिनाकल अस्पतालमा पुर्याइएकोमा थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको छ ।

बर्दिबास –१४ शुभम् बस्तीबाट  हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव राती बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो । आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजगमार्गमा टायर बालेर बन्द गरेका छन्। बलात्कारपछि हत्या गरिएको आशंका भएकोले निस्पक्ष छानविन गर्न बालिकाका बुवाले माग गरेका छन्। आरोपित पक्राउ गरेसंगै  आफुले नै हत्या गरहेको  प्रारम्भिक बयानमा स्वीकारेको प्रहरीको भनाई छ ।

प्रहरीको हस्तक्षेपपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिबास–ढल्केबर सडकखण्ड सुचारु भएको छ भने स्थानीयको प्रदर्शन भने जारी नै रहेको छ ।

आरोपितको घरमा आगजनी र तोडफोड

स्थानियले बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुण कुमार साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा आगजनी तथा तोडफोड गरेका छन् ।

आगो नियन्त्रण गर्न आएको बर्दिबास नगरपालिकाको दमकललाई बीच बाटोमै उनीहरूले रोकेका छन्। भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

fire at home