७ बैशाख २०८१, शुक्रबार

४०८१५ वटा हिरा जडान गरिएको ट्वाइलेट, जसमा ‘बुलेट प्रुफ’ सिसा जडान गरिएको छ

gold diamonds toilet

चीनका राष्ट्रपति सि जिङ पिङद्वारा उद्घाटन गरिएको दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सुनको ट्वाइलेट प्रर्दशनमा राखिएको छ । जसमा ४०८१५ वटा हिरा जडान गरिएको छ । भने उक्त ट्वाइलेटलाई हङकङको अरोन शुम ज्वेलरी फर्मका कोरोनेटले डिजाइन गरिएको हो ।

ट्वाइलेटको सिटमा हिरा जडान गरिएको छ । भने सिटमा बुलेट प्रुफ सिसा राखिएको छ । ४०८१५ वटा हिराको तौल ३३३.६८ क्यारेट रहेको छ ।

गहना फर्मका अनुसार ट्वाइलेटमा सबैभन्दा धेरै हिरा जडान गर्ने योजना रहेको छ । र, उक्त ट्वाइलेटलाई गिनी वल्र्ड रेकर्डमा दर्ता गर्ने योजना पनि रहेको छ ।

329a7724 7a33 4c45 9f7d 4cd2bbf882a3 0

४०० क्यारेट हिराको गितार

उक्त एक्स्पोमा हिरा जडित गितार पनि राखिएको छ । गितारको तौल ४०० क्यारेट रहेको छ भने उक्त गितारको मूल्य १४ करोड भन्दा बढी रहेको छ । यसैगरी, एक्स्पोमा हिराजडित जुत्ता पनि राखिएको छ । जुत्ताको मूल्य ३० करोड रहेको छ । एजेन्सीको सहयोगमा

    सम्बन्धित समाचार...