७ बैशाख २०८१, शुक्रबार

२ हजार जित्न, ५० वटा अण्डा खाने बाजी, ४२ अण्डा खाँदा खाँदै गयो ज्यान

eggs brown basket

लोभले लाभ, लाभले विलाप भन्ने उखानै छ । झण्डै ३ हजार रुपैयाँको बाजी जित्ने लोभमा ५० वटा अण्डा कपाकप खाने बाजी थापेका एकजना व्यक्तिको अण्डा खाने क्रममै मृत्यु भएको छ ।

यो घटना भारतको उत्तरप्रदेशस्थित जयपुरमा भएको हो । शाहगंज कोतवालीका इञ्चार्ज जेपी सिंहका अनुसार मृतक सुभाष ट्याक्टर तथा कार चलाउने काम गर्दै आएका थिए । उनले बिबिगञ्ज बाजारमा आफ्नो एक साथीसँग अण्डा खान गएका थिए । यसै क्रममा उनीहरूले एक आपसमा कसले धेरै अण्डा खाने भन्ने बाजी थापेका थिए ।

४२ वर्षका सुभास यादव नामका ती व्यक्तिले ५० वटा उमालेका अण्डा लगातार खाएर सक्ने बाजी थापे आफ्ना साथीसँग । यदि ५० वटा अण्डा खान सकेमा सुबासले २ हजार भारु जित्ने थिए । त्यसैले सुबासका साथीले ५० वटा उमालेका अण्डा किनेर सुबासलाई खान दिए ।

सुबासले कपाकप अण्डा खान सुरु गरे । ४१ वटासम्म अण्डा उनले सरासर खाए । तर जब ४२ औँ अण्डा मुखभित्र हालेका मात्र के थिए उनी अचेत भएर लडे ।

स्थानीयहरुको सहयोगमा उनलाई तत्कालै जिल्ला अस्पताल लगियो । तर अस्पतालमा उनलाई डाक्टरहरुले बचाउन सकेनन् ।

एनको मृत्युको खास कारण के हो ? भन्ने पत्ता लागि नसकेको भएपनि डाक्टरहरुले चाहिँ अत्यधिक अण्डा खाएका कारण उनको मृत्यु भएको हुनसक्ने बताएका छन् । एजेन्सीको सहयोगमा

    सम्बन्धित समाचार...