१४ बैशाख २०८१, शुक्रबार

नारायणी नदीमा हाम फालेकी युवतीको सकुसल उद्धार

uddhar

नारायणी नदीको पुलबाट हाम फालेकी २२ वर्षीया युवतीको सकुसल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।

बिहीबार दिउँसो नारायणगढको नारायणी नदीको मुलमाथिबाट नदीमा हाम फाल्ने युवतीलाई वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुराम विष्टको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको हो । नदीबाट उद्धार गरिएकी युवतीको चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए ।

    सम्बन्धित समाचार...