१४ बैशाख २०८१, शुक्रबार

सहमतिपछि विद्यार्थीको आन्दोलन स्थगित

PL Banepa RileAnsanb

काठमाडौं विश्वविद्यालय, विद्यार्थी कल्याण निर्देशनालय र आन्दोलनरत विद्यार्थीबीच सात बुँदे सहमतिपछि विद्यार्थीको रिले आशन स्थगन भएको छ ।

वार्तामा आगामी मङ्सिसर ७ गतेभित्रमा कार्यदलको बैठक बसी अतिरिक्त शुल्कसम्बन्धी मापदण्ड तयारी गरी विद्यार्थीमाझ प्रस्तुत गर्ने, कार्यदलमा अनशनरत विद्यार्थीमध्येबाट भिन्दाभिन्दै स्कुलबाट चार जना सम्मले प्रतिनिधित्व गर्ने, कार्यदलमार्फत हरेक स्कुलको छुट हुने र नहुने अतिरिक्त शुल्कको विस्तृत विवरण ार्वजनिक गर्ने, कोभिड–१९ सम्बन्धी कोभिड वित्तीय सहायता योजना सम्बन्धी विस्तृत मापदण्ड निर्धारण गर्नेलगायत सहमति भएको छ ।

वार्तामा निलर्देशनालयका निर्देशक प्रा डा विमप्रसाद श्रेष्ठ, सह–निर्देशकहरु डा श्यामसुन्दर खड्का र डा दीपेन्द्र हमाल तथा विद्यार्थीका तर्फबाट स्कूल अफ इञ्जिनीयरिङका प्रतिनिधि शैलेश मिश्र, स्कुल अफ म्यानेजमेन्टका प्रतिनिधि आएशा शाक्य, स्कुल अफ लका प्रतिनिधि अभिनाश पौडेल र स्कुल अफ साइन्स्का प्रतिनिधि स्मृति सुवेदी र स्कुल अफ आर्टस्का प्रतिनिधि गाथा दाहाल रहनुभएको थियो ।

    सम्बन्धित समाचार...