७ बैशाख २०८१, शुक्रबार

अर्का ‘काई पो चे” अभिनेता आसिफ बसराले गरे आत्महत्या

asif basara

वर्ष २०२० बलिउडको लागि काल बनेर आएको छ। धेरै कलाकारहरूले एक पछी अर्को गर्दै आत्महत्याको बाटो रोजेका छन।

हालै अभिनेता आसिफ बसराको मृत्यु भएको छ। ५३ वर्षीय आसिफले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन्। आसिफले हिमाचल प्रदेशको कांगरा जिल्लाको धर्मशालामा रहेको क्याफे नजिकै आत्महत्या गरेका हुन्।

आसिफले किन आत्माहत्या गरे भन्ने बारेमा कुनै ठोस जानकारी छैन। उनको शव प्रहरीले नियन्त्रणमा लिएको छ। उनका प्रशंसकहरू अभिनेताको मृत्युबाट अचम्मित छन् भने बलिउडमा फेरि शोकको लहर छाएको छ।

भारतीय मिडियाका अनुसार आसिफ बसरा बिहीबार दिउँसो कुकुरका साथ घुम्न गएका थिए। घर आएपछी उनले आफूलाई कुकुरको डोरीले फाँसी लगाएर आत्माहत्या गरेको देखिन्छ।

आसिफ विगत ५ बर्षदेखि म्याक्लिडगंजमा भाडाको घरमा एक विदेशी महिला साथीसँग बस्दै आइरहेका थिए। उनि डिप्रेशनको शिकार रहेको पनि खुलेको छ ।

उनले हालसम्म ‘परजानिया’ ‘ब्ल्याक फ्राइडेु’, ‘वन्स अपन अ टाइम इन मुम्बईु, ‘काइ पो चे’, ‘फ्रीकी अलि’, जस्ता बलिउडका फिल्ममा अभिनय गरिसकेक थिए । यस बाहेक, उनी हलिउड फिल्म “आउटसोर्स” मा पनि काम गरिसकेका छन्।

आसिफ बासरा हिमाचली फिल्म ‘सांझ’ मा आफ्नो चरित्र पात्र लाई लिएर निकै नै परिचित छन्।

उनी अभिनीत “पाताल लोक” केहि महिना अगाडी मात्रै अमेजनमा रिलिज गरिएको थियो ।