६ बैशाख २०८१, बिहीबार

प्रदेश १ मा १६ हजार कारोना सङ्क्रमित निको

province 1 pradesh 1

प्रदेश १ मा पछिल्लो २४ घण्टाका अवधिमा १८९ जना कोरोना सङ्क्रमित थप भएका छन् । सो अवधिमा गरिएको ८४७ जनाको पिसिआर परीक्षणमा ८० महिला र १०९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित हुनेमा मोरङमा ७० मध्ये विराटनगरमा ३७, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा दुई÷दुई, इलाम, तेह्रथुम र भोजपुर एकएक र प्रदेश बाहिरका नौ जना छन् ।

प्रदेशमा आज ६६२ सङ्क्रमितसहित अहिलेसम्म १६ हजार ४१८ जना निको भएर घर फर्किएका छन् । प्रदेशमा हालसम्म एक लाख ७५ हजार ६४९ जनाको पिसिआर परीक्षण गरिएको छ।