१४ बैशाख २०८१, शुक्रबार

आइएसआईका पूर्व प्रमुख बगदादीकी दिदी, भिनाजुपछि श्रीमती पक्राउ

Baghdadi

टर्कीको सुरक्षा बलले इस्लामिक स्टेटका पूर्व प्रमुख अबू बकर अल बगदादीकी श्रीमतीलाई पक्राउ गरिएको टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले बताएका छन् ।

यसअघि मंगलबार टर्कीले बगदादीकी दिदीलाई पनि हिरासतमा लिएको जानकारी दिएको छ । बगदादीले गत महिना अमेरिकाको विशेष दलको एक अभियानमा  आत्मघाती बिस्फोटमार्फत् आफूलाई उडाएका थिए । अमेरिकी बलले यो अभियान सिरियाको उत्तर पश्चिम हिस्सामा चलाएको थियो ।

बगदादीको मृत्यु, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको जीतको रुपमा पेश गरिएको छ तर उनका आलोचकका अनुसार सिरिया र अन्य देशमा इस्लामिक स्टेटको खतरा यथावत छ ।

इस्लामिक स्टेटले बगदादीको मृत्यु भएको पुष्टि गर्दै नयाँ नेताको नाम घोषणा गरेको छ ।

अर्दोआनले के भने ?

अर्दोआनले टर्कीको राजधानी अंकारामा बगदादीकी श्रीमती पक्राउ परेको जानकारी दिएका छन् । टर्कीले उनका भिनाजुलाई पनि पक्राउ गरिएको अर्दोआनले जानकारी दिए ।

बगदादीविरुद्ध चलाईएको अभियानका लागि अमेरिकी अधिकारीको तर्फबाट जारी जानकारीतर्फ संकेत गर्दै अर्दोआनले भने, ‘बगदादीले एक सुरुङभित्र आफ्नै ज्यान लिएको अमेरिकाले बताएको छ । उनीहरुले यसका लागि अभियान नै चलाए । तर म पहिलो पटक यसको घोषणा गरिरहेको छु कि हामीले उनकी (बगदादी) की श्रीमतीलाई पक्राउ गरेका छौं र उनले बगदादीले झैं चिच्याउने कराउने गरिनन् ।’

bagdadi sister
दिदीसँग जारी छ सोधपुछः

अर्दोआनले थपे, ‘यसै गरी हामीले उनका दिदी र भिनाजुलाई पनि सिरियाबाट पक्राउ गरेका छौं ।’

टर्कीका अधिकारीले मंगलबार दिएको जानकारी अनुसार उनीहरुले बगदादीकी दिदी रस्मिया अवादलाई पक्राउ गरहेको र उनीमार्फत् आइएसबारे महत्वपूर्ण जानकारी हासिल गर्न सकिने छ ।

रिपोर्टका अनुसार उनीहरुले सोमबार अलप्पो प्रान्तबाट उनलाई त्यतिबेला पक्राउ गरिएको थियो जब उनी आफ्ना श्रीमान् र पाँच सन्तानसहित एक ट्रेलरमा बसेर जाँदै थिइन् । टर्कीका अधिकारीले समाचार एजेन्सी एपीसँगको कुराकानीमा उनीसँग आइएसबारे सोधपुछको क्रम जारी रहेको जानकारी दिए ।

बीबीसीबाट

    सम्बन्धित समाचार...