१३ बैशाख २०८१, बिहीबार

लिभरपूल विजयी, चेल्सी र आयाक्सले खेले बराबरीमा रोकियो

skysports reece james chelsea 4827731

युएफा च्याम्पियन्स लिग फुटबलमा गएराती लिभरपूल विजयी हुँदा चेल्सी बराबरीमा रोकिएको छ ।

समुह ‘इ’ को खेलमा लिभरपुलले बेल्जियमको गेन्कलाई २–१ ले हरायो । यही समुहको अर्को खेलमा इटालीको नापोली र अष्ट्रियाको साल्जवर्गले १–१ गोलको बराबरी खेले ।

उता समूह ‘एच’ को खेलमा इंग्लण्डको चेल्सी र नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमले ४–४ गोलको बराबरी खेलेका छन् ।

चेल्सीको मैदानमा भएको खेलमा कुनै समय ४–१ ले पछि परेको घरेलु टोलीले उत्कृष्ट पुनरागमन गर्दै खेल ४–४ गोलको बराबरीमा सकाएको हो ।

यो खेलमा आयाक्सका दुई खेलाडीले रातो कार्ड खाएपछि टोली ९ जनामा समेटिएको थियो । यही समूहको अर्को खेलमा स्पेनको भ्यालेन्सीयाले फ्रान्सको लिल्लाई ४–१ ले हराएको छ ।

गएराती स्पेनको बार्सिलोनालाई चेक गणतन्त्रको स्लाभिया प्रागले उसैको मैदानमा गोलरहित बराबरीमा रोकेको छ ।

च्याम्पियन्स लिग फुटबलकै अन्य खेलहरुमा जर्मनीको बोरुसीया डर्टमण्डले इटालीको इन्टर मिलानलाई ३–२ ले हराउँदा फ्रान्सको लियोंले पोर्चुगलको बेनिफिकामाथि ३–१ को जित निकाल्यो ।

    सम्बन्धित समाचार...