१२ बैशाख २०८१, बुधबार

बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा

20686760 7657371 image a 16 1573070089526

जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बुधबार राति समूह ‘बी’ को खेलमा ओलम्पियाकोसलाई २–० गोलअन्तरले पराजित गर्दै बायर्न नकआउट चरणमा प्रवेश गरेको हो । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको बायर्नले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो ।

खेलको ६९औं मिनेटमा रोबेर्टो लेवान्डोस्की र ८९औं मिनेटमा पेरिसिकले गोल गर्दै बार्यनलाई जित दिलाए ।बायर्नले ४ खेलबाट सतप्रतिशत जित हात पार्दै प्रिक्वाटरफाइनलको यात्रा तय गरेको हो । शीर्ष स्थानमा रहेको बायर्नको १२ अंक छ ।

बुधबार राति नै भएको यसै समूहको अर्को खेलमा टोटनह्यामले रेड स्टार बेलग्रेडलाई ४–० गोलअन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा सन ह्युङ मिनले दुई गोल गरे । त्यस्तै, जियोभानी लो सेल्सो र क्रिस्टियन इरिकसेनले समान १–१ गोल गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको टोटनह्यामले दोस्रो हाफमा थप तीन गोल गर्दै ४–० गोलको जित निकालेको हो ।

    सम्बन्धित समाचार...