७ बैशाख २०८१, शुक्रबार

लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा

dialekh drugs case arrested

दैलेख जिल्लाको आठविस नगरपालिका वडा नं । १ रामघाट स्थित कर्णाली राजमार्गमा शंकास्पद अवस्थामा हिँडीरहेका २ जनालाई प्रहरी चौकी पालतडाले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेख मातहतमा रहेको पाल्तडाबाट प्रहरी सहायक निरिक्षक (असई) थुम बहादुर घर्तीको कमाण्डमा स्थानिय बजारमा गस्ति खटिगएको अवस्थामा शुक्रबार साँझ ७ बजेतिरको समयमा आठविस नगरपालिका वडा नं । १ रामघाट दैलेख स्थित कर्णाली राजमार्गमा शंकास्पद अवस्थामा संगै हिँडिरहेका २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा न. १३ गुमानटार बस्ने बर्ष ३०को दिपेन्द्र कुमार घर्ति र विरेन्द्रनगर नगरपालिका वडा नं.३ एरीचोक बस्ने वर्ष २० की आरोशी पुलामी मगर रहेका छन । शंकास्पद देखिएर खानतलासी गर्दा आरोशी पुलामी मगरले साथमा बोकिराखेको झोलाभित्र रहेको रातो रंगको प्लाष्टिक भित्र प्रिगाम्याक्स ७५ लेखिएको २ पत्तामा १०१० ट्याब्लेट र १ पत्तामा ४ ट्याब्लेट गरी २४ ट्याब्लेट,स्पासपेन लेखिएको २ पत्तामा १०१० ट्याब्लेट गरी २० ट्याब्लेट र डि–कफ लेखिएको १ पत्तामा १८ ट्याब्लेट फेला परेको हो ।

साथै सोही झोलामा रु.२० को नेपाली नोट भित्र सेतो पलाष्टिकमा राखिएको ५ मिलिग्राम लागुऔषध खैरो हिरोईन जस्तो देखिने खैरो पदार्थ फेला परेकोले उनिहरुलाई नियन्त्रणमा लिई उनिहरुलाई पक्राउ गरी लागु औषध नियन्त्रण ऐन बमोजिम आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।