
चितवन, नारायणगढस्थित नारायणी नदीमा एक पुरुषले हाम फालेका छन् ।
आज बुधबार विहान करिव ९ः३० बजेको समयमा पहिचान नखुलेको अन्दाजी ५० र ५५ वर्षीय पुरुषले नारायणी पुलबाट हाम फालेका वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ ।
एक पुरुषले पुलबाट हाम फालेको जानकारी पाउनासाथ तत्काल प्रहरीको टोली खटिइ निजलाई घाइते अवस्थामा उद्धार गरेको छ । गम्भिर अवस्थामा उद्धार गरिएको पुरुषलाई भरतपुर अस्पतालमा राखिएको छ ।