७ बैशाख २०८१, शुक्रबार

महराले नेतृत्वलाई ढाँटेर नैतिक गल्ती गरे : अध्यक्ष प्रचण्ड

Pushpa Kamal Dahal 1

मैले नारायणकाजी श्रेष्ठ, जोखबहादुर महरालाई बुझ्न पठाउँदा पनि ढाट्नु भयो

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले नैतिक गल्ती गरेको दावी गरेका छन् । साथै पार्टी नेताहरूलाई ढाँटेर गम्भीर गल्ती गरेको बताए ।

प्रेस संगठन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले त्यस विषयमा आफूलाई सही सूचना नदिएर महराले झनै गल्ती गरेको टिप्पणी गरे ।

प्रचण्डले भने, ‘मैले नारायणकाजी श्रेष्ठ, जोखबहादुर महरालाई बुझ्न पठाउँदा पनि ढाट्नु भयो । म आफैं जाँदा पनि ढाट्नुभयो । नेतृत्वलाई नै ढाँटेर गम्भीर गल्ती गर्नुभयो ।’

उनले अदालतले फैसला प्रक्रिया थालिसकेको विषयमा पार्टीको लिडरसीपले त्यसलाई राजनीतिकरण गर्नु उचित नभएको र अदालतलाई सघाउन महरालाई आग्रह गरे ।

अध्यक्ष दाहालले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि आफ्नो तिर पारेको विषयमा सरकारले कुटनीतिक पहल सुरु गरिसकेको समेत बताए ।

उनले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीलाई यो विषयमा प्रष्ट कुरा राखेको समेत स्मरण गरे ।