१३ बैशाख २०८१, बिहीबार

सप्तरीका शक्तिपीठ र मन्दिरमा निषेधाज्ञा

dao saptari

महत्वपूर्ण चाड दशैं नजिकिएसँगै कोभिड–१९ संक्रमणलाई दृष्ट्रिगत गरी जिल्ला सुरक्षा समिति, सप्तरीले जिल्लाको शक्तिपिठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

समितिको बैठकले आगामी मङ्सिर ७ गते राति ११:३० बजे सम्मका लागि निषेधाज्ञाको अवधि कायम गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरद्धारा जारी सूचनामा मन्दिरका तर्फबाट गरिने नित्य पूजापाठ बाहेकका अन्य सम्पूर्ण कार्य-गतिविधि हुन-गर्न निषेध गरिएको छ ।