७ बैशाख २०८१, शुक्रबार

प्रदेश २ को अनुसन्धान ब्युरो स्थापनासम्बन्धी विधेयक पारित

province 2 map

प्रदेश नं २ प्रदेशसभा बैठकले अनुसन्धान ब्युरोको स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशभित्र भएका वा हुन सक्ने अपराध वा अपराधजन्य जानकारी वा सूचना सङ्कलन गर्ने, गराउने ब्युरोको प्रमुख कार्य हुने जानकारी दिनुभयो ।

ब्युरोले प्रदेशभित्रको शान्तिसुरक्षा र सुव्यवस्था, आर्थिक हित र विकास, औद्योगिकीकरण, व्यापारव्यवसाय प्रवद्र्धनलाई प्रतिकूल असर पार्ने वा पार्न सक्ने सूचना वा जानकारी पनि सङ्कलन गर्नेछ ।

ब्युरोले आफ्नो कर्तव्य पालनाका सिलसिलामा नेपालको सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षा प्रतिकूल हुने वा खलल पार्ने वा पार्न सक्ने प्रकृतिका सूचना वा जानकारी प्राप्त भएमा सोको जानकारी सङ्घीय सरकारलाई समेत दिने विधेयकमा उल्लेख गरिएको छ ।